काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको लागि टिकट दर तय भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार आगामी मंसिर एक गतेदेखि सुरू हुन लागेको एनपीएलको लागि टिकट दर तय भएको जनाएको हो।

क्यान प्रवक्ता छम्बी लामाकाअनुसार प्रतियोगिताको उद्घाटन खेलमा सामान्यतर्फ ५ सय र प्रमियमतर्फ १५ सय रूपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ । त्यस्तै लिग चरणका अन्य खेलका लागि सामान्यतर्फ ५ सय र प्रिमियतर्फ एक हजार रूपैयाँ टिकक मूल्य राखिएको छ।
प्लेअफ र फाइनल खेलका लागि सामान्यतर्फ एक हजार र भीआईपीतर्फ दुई हजार रूपैयाँ निर्धारण गरिएको क्यानले जनाएको छ।
प्रतियोगिताका लागि सिजनल पासको समेत व्यवस्था गरिएको छ। सिजनल पासको लागि १५ हजार लाग्ने क्याले जनाएको छ ।











