Logo
Logo

नेत्रहीन महिला टी–२० विश्वकप : नेपाल भारतसँग ८५ रनले पराजित


315
Shares

काठमाण्डौ । भारतमा जारी नेत्रहीन महिला टी–२० विश्वकप अन्तर्गत नेपालको दोस्रो खेलमा भारतसँग पराजित भएको छ। बेङ्गलुरुमा आज भएको खेलमा नेपालले घरेलु टोली भारतविरुद्ध ८५ रनको फरकले हार बेहोरेको हो।

The current image has no alternative text. The file name is: blind-cricket.jpg

टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो। त्यसको जवाफमा नेपाल २० ओभरमा ५ विकेट गुमाएर मात्र १ सय २४ रन बनाउन सक्यो।

यो हार नेपालका लागि प्रतियोगितामा पहिलो हो। नेपालले आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई ९ विकेटले पराजित गरेको थियो। अब नेपालले तेस्रो खेल भोलि अस्ट्रेलियाविरुद्ध खेल्नेछ।

पहिलो संस्करणको यस प्रतियोगितामा भारत, नेपाल, अमेरिका, श्रीलङ्का, अस्ट्रेलिया र पाकिस्तान गरी ६ देशको सहभागिता छ। फाइनल खेल मङ्सिर ७ गते निर्धारित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्