Logo
Logo

एमाले सङ्घर्ष गर्न तयार छ : लेखराज भट्ट


441
Shares

कैलाली । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले राष्ट्रियता, सार्वभौमिकता र अखण्डताका लागि पार्टी फेरि सङ्घर्ष गर्न तयार रहेको बताएका छन् । 

The current image has no alternative text. The file name is: lekharaj.jpg

कैलालीले शनिवार धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले देश र जनताका खातिर जस्तोसुकै बलिदान दिन पनि एमाले तयार रहेको बताएका हुन् ।  ‘टाइगर अभी जिन्दा है’ भन्दै भट्टले प्रतिनिधिसभा पुनःस्थापना गरी मुलुकलाई निकास दिन र राष्ट्रियता जोगाउन एमालेको पङ्क्ति जीवित रहेको स्पष्ट पारे ।  ‘एमाले अझै जिउँदो छ । राष्ट्रियताका निमित्त, सार्वभौमिकताका निमित्त, अखण्डताका निमित्त फेरि बलिदान गर्न तयार छ,’ उनले भने, ‘देशलाई बचाउनुपर्छ, तब मात्र विकास र समृद्धि सम्भव छ ।’

अहिलेको मुख्य लडाइँ देशलाई स्वतन्त्र राख्ने कि कसैको अधीनमा पार्ने भन्ने रहेको उनको भनाइ छ । एमालेले सधैँ स्वतन्त्रताको पक्षमा उभिएकोले नै प्रहार भइरहेको उनले बताए । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधानको खिल्ली उडाउँदै प्रधानमन्त्री बनेको आरोप लगाउँदै भट्टले एमालेले संविधान जोगाउन विघटित प्रतिनिधिसभा पुनःस्थापना माग गरिरहेको जनाए । 

‘जनताले ठूलो बलिदानबाट बनाएको संविधान कुनै गजेडीले फाल्ने कि राख्ने रु यो अधिकार जनतालाई मात्र छ,’ उनले आक्रोश पोख्दै , ‘संशोधन गर्ने कि फाल्ने ? यो कुनै नसेडीलाई होइन, जनतालाई छ ।’ भदौ २३ र २४ को घटना क्रान्ति हो कि जेनजी पुस्ताको आन्दोलन ? उनले प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्