काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप ३.० प्रतिशतले वृद्धि भई २ खर्ब १८ अर्ब ७२ करोड थपिएको छ । कुल निक्षेप ७४ खर्ब ८२ अर्ब ५९ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा निक्षेप २.६ प्रतिशत (१ खर्ब ७० अर्ब) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ असोज मसान्तमा निक्षेप १३.० प्रतिशतले वृद्धि भएको छ । चल्ती निक्षेपको अंश ६.४ प्रतिशत, बचत ३८.७ प्रतिशत र मुद्दती ४६.४ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यी अंश क्रमशः ५.४ प्रतिशत, ३२.७ प्रतिशत र ५४.८ प्रतिशत थियो ।
जसमा संस्थागत निक्षेपको हिस्सा ३५.३ प्रतिशत छ, जुन गत वर्ष ३५.८ प्रतिशत थियो । कर्जा प्रवाहतर्फ निजी क्षेत्रमा १.५ प्रतिशत (८२ अर्ब ९३ करोड)ले वृद्धि भई कुल ५५ खर्ब ८० अर्ब ६४ करोड पुगेको छ । गत वर्ष यो २.५ प्रतिशत (१ खर्ब २८ अर्ब ६५ करोड) ले बढेको थियो ।
वार्षिक आधारमा कर्जा ७.३ प्रतिशतले वृद्धि भएको छ । कर्जा वितरणमा गैर-वित्तीय संस्थागत क्षेत्रको अंश ६२.८ प्रतिशत र व्यक्तिगत/घरपरिवारको ३७.२ प्रतिशत रहेको छ । गत वर्ष यी क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत थियो ।
वाणिज्य बैङ्कको कर्जा १.६ प्रतिशत, विकास बैङ्कको ०.५ प्रतिशत र वित्त कम्पनीको १.६प्रतिशतले बढेको छ । धितोमा चालु सम्पत्तिको १५.० प्रतिशत र घरजग्गाको ६४.३ प्रतिशत कर्जा छ । गत वर्ष यी १३.४ प्रतिशत र ६५.८ प्रतिशत थिए । क्षेत्रगत रूपमा निर्माण २.९ प्रतिशत, यातायातरसञ्चार २.४ प्रतिशत, औद्योगिक उत्पादन २।४ प्रतिशत, उपभोग्य १.६ प्रतिशत र थोकरखुद्रा व्यापार १.४ प्रतिशत कर्जा बढेको छ । सेवा उद्योग ०.३ प्रतिशतले घटेको छ । प्रकारगत कर्जामा रियल स्टेट ३.२ प्रतिशत, मार्जिन ३.० प्रतिशत, क्यास क्रेडिट २.७ प्रतिशत, आवधिक ०.७ प्रतिशत र हायर पर्चेज ०.६ प्रतिशत बढेको छ ।











