
काठमाडौं । पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को महँगो टोलीका रूपमा चिनिन्नछन् । एनपीएलको पहिलो सिजनमा पोखरा सबैभन्दा महँगो टोली बनेको थियो । पहिलो संस्करण राम्रो टिम बनाए पनि अपेक्षा अनुसार प्रदर्शन गर्न नसकेको पोखरा एभेन्जर्सले दोस्रो सिजनका लागि टिमको लोगो देखि लिएर हरेक कुरामा ब्रान्डिङ गरेको छ ।
पोखराले एनपीएल अघि क्रिकेट र संगितलाई जोड्न पोखरा रंगशालमा नेपथ्यको कन्सर्ट समेत आयोजना गरेको थियो ।एनपीएलकै सबैभन्दा महँगो टोली पोखरा फ्रेन्चाइज टिम लिनकै लागि ३ करोड ५७ लाख खर्च गरिएको थियो ।
पोखरा आईपीएलको अनुभव भएका प्रशिक्षकहरूलाई पहिलो सिजन अनुबन्ध गरेको थियो । पोखराले जोन्टी रोड्सलाई मेन्टर बनाएको थियो । पोखराले पहिलो सिजनमा राजीव कुमारलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । दोस्रो संस्करण पनि राजीव कुमारलाई नै निरन्तरता दिएको छ ।
पोखराका लागि नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल मार्की खेलाडी छन् । भुर्तेलसहित पोखराले पहिलो सिजनबाट ७ खेलाडी रिटेन गरेको छ । दिनेश खरेल, सागर ढकाल, आकाश चन्द, विपिन खत्री, किरण ठगुन्ना र तीर्थ राज दासलाई पोखराले दोस्रो सिजनका लागि रिटेन गरेको हो । यस्तै अक्सनबाट दोस्रो सिजनका लागि अर्जुन कुमालसहित सन्दीप क्षेत्री कृष्ण पौडेल र अभिषेक तिवारीलाई अनुबन्ध गरेको छ ।
पहिलो सिजन नेपाली खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा पोखरा विदेशी खेलाडीमा भर पर्नुपरेको थियो । पोखराले पहिलो सिजन जनकपूर बोल्ट्सबाट खेलेका जिम्मी निशमलाई अनुबन्ध गरेको छ । पहिलो सिजन जनकपुर बोल्ट्सबाट खेल्दै उपाधि जितेका निशम दोस्रो सिजन पोखरा एभेन्जर्सको जर्सीमा देखिने भएका छन् ।
पोखराले इंग्ल्यान्डका एडम रोसिङटन र डान डौथवेइट तथा बार्बाडोसका रेमन रेइफरलाई टोलीमा अनुबन्ध गरेको छ । त्यस्तै, इंग्ल्यान्डका ब्याटर जेसन रोयलाई पोखरा एभेन्जर्सले अनुबन्ध गरेको छ ।
सुरुवाती तीन विदेशी अनुबन्ध गर्दा खासै उत्साह नभएपनि पोखराले नीशमलाई अनुबन्ध गर्दै समर्थकहरूलाई उत्साह थपेको थियो । पहिलो सिजनको च्याम्पियन प्लेअर भित्र्याएपछि अब पोखराको टिमको रूप नै फेरिएको छ । त्यस्तै, इंग्ल्यान्डका ब्याटर जेसन रोयलाई टोलीमा अनुबन्ध गर्दा पोखरा यसपपटकको ट्रफीको दाबेदारेको रूपमा पनि हेरिएको छ ।
निशम र रोयको आगमनले टिमको सन्तुलत देखि ब्याटिङ बलिङ दुवैमा फाइदा पुग्नेछ । पहिलो सिजनमा निशमले आफ्नो ब्याटिङ कला देखाइसकेका छन् । उनले बोल्ट्का लागि ९ खेलमा २४७ रन बनाएका थिए । जसमा उनको एक अर्धशतक प्रहार गरेका थिए ।
रोयका लागि भने नेपालमा पहिलो अनुभव हुने छ । रोयले २०१५ आयरल्यान्डविरुद्ध ओडीआई क्रिकेटमा डेब्यु गरेका थिए । टि-२० आईमा २०१४ भारतविरुद्ध डेब्यु गरेका थिए । त्यस्तै, टेस्टमा २०१९ मा आयरल्यान्डविरुद्ध डेब्यु गरेका थिए । रोय २०१९ आईसीसी क्रिकेट विश्वकपमा इंग्ल्यान्डको विजेता टोलीका महत्वपूर्ण सदस्य थिए । ओडिआईमा इंग्ल्यान्डका लागि सर्वाधिक छिटो १००० रन पूरा गर्ने खेलाडी हुन्-रोय । उनले २३ इनिङ्समा एक हजार रन बनाएका हुन् । उनले टि-२० खेलमा १० हजार भन्दा धेरै रन बनाइसकेका छन् ।
रोय विश्वका विभिन्न लिगहरू खेली सकेका खेलाडी हुन् । उनले आइपीएमा मात्रै कोलकाता नाइट राइडर्स, गुजरात लायन्स, दिल्ली क्यापिटल्स, सनराइजर्स हैदराबाद जस्ता टोलीबाट खेलेका छन् । रोय आक्रामक ओपनर खेलाडी हुन् । उनी पावरप्लेमा ठुला सट खेल्न माहिर मानिन्छन् । कभर ड्राइभ र पुल सट उनका विशेष सटहरु हुन् ।
यस्तै पोखराले बार्बाडोसका अलराउण्डर रेमोन रेइफरलाई पनि दोस्रो सिजनमा निरन्तरता दिएको छ । बार्बाडोसका अलराउण्डर रेइफरले पहिलो सिजन भएको एक मात्र सुपर ओभरमा उत्कृष्ट प्रदर्शन गर्दै पोखरालाई जिताएका थिए । उनी लोअर अर्डरमा ब्याटिङ समेत गर्न सक्छन् । पहिलो सिजन उनले अलराउण्ड प्रदर्शन गरेका थिए ।
कप्तान कुशल भुर्तेलसँगै दिनेश खरेल, रोसिङगटन हुँदा टप अर्डर सन्तुलित छ । यस्तै अक्सनबाट लिएको युवा ब्याटर अर्जुन कुमाल पनि राम्रो विकल्प बन्न सक्छन् । पहिलो सिजन सुदूरपश्चिममा रहेका अर्जुनले खेल्न पाएका थिएनन् । गण्डकी प्रदेशबाटै घरेलु क्रिकेट खेल्दै आएका अर्जुन यस पटक पोखराको लागि राम्रो विकल्प बन्न सक्छन् ।
यस बाहेक रिटेन गरिएका तीर्थ राज दास र किरण ठगुन्ना मिडल अर्डर र लोअर अर्डरमा खेल्छन् । अक्सनबाट अनुबन्ध भएका नेपाल यू-१९ टिमबाट खेलिसकेका युवा खेलाडी अभिषेक तिवारी पनि विकल्पमा छन् ।
रिटेन गरिएका स्पीनरद्वय सागर ढकाल र विपिन कार्कीसँगै मिडियम पेसर आकाश चन्द बलिङमा छन् । रेइफरसहित पहिलो सिजन पोखराबाट खेलेका ८ खेलाडी दोस्रो सिजन पनि टिममै हुँदा टिमको माहोल बुझेका छन् । पाँच विदेशी खेलाडी अनुबन्ध पछि पोखराको टिम बलियो देखिएको छ ।
पहिलो सिजनमा पोखरा एभेन्जर्स ८ टोलीमध्ये सातौं स्थानमा रहेको थियो । लिग चरणमा ७ खेलमध्ये २ जित र ५ हार बेहो¥यो । यात्रा उतारचढावपूर्ण रह्योस । कुनै खेलमा १० विकेटको जित निकाले पनि लय कायम राख्न सकेन । पहिलो सिजनमा मार्की खेलाडीसहित अन्यको पनि प्रदर्शन औसत रह्यो । गत सिजनको हारबाट सिक्दै यसपटक पोखराका खेलाडी आफ्नो खेलमा निखारता ल्याउने लक्ष्यमा हुने छन् ।
जसमा निशम र रोयले अन्य खेलाडीहरूलाई बलियो मनोबल दिने छन् । विशेष गरी राष्ट्रिय टोलीका ओपनर समेत रहेका कुशलका लागि विदेशी खेलाडीहरुसँगको ओपनिङ जोडी र खेललाई कसरी चलायमान बनाउँछन् त्यो सबैका लागि चाँसोका रूपमा रहने छ । कुशल आफैमा पनि आक्रमक ब्याटर हुन् । तर, आक्रमक र क्लाश सहितका खेलाडीसँगको पाटर्नरसिप कस्तो रहन्छ त्यो भने हेर्न बाँकी नै छ ।
एनपीएलको दोस्रो सिजन आगामी मङ्सिर १ गते देखी त्रिवि क्रिकेट मैदानबाट सुरु हुँदै छ । जहाँ जहाँ जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, विराटनगर किंग्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । पहिलो सिजनको उपाधि फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपूर बोल्ट्सले उपाधि जितेको थियो ।











