Logo
Logo

बागमती सभापति लामिछानेलाई रास्वपाद्वारा स्पष्टीकरण माग


2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले बागमती प्रदेश सभापति डा. अच्युत्तम लामिछानेलाई स्पष्टीकरण सोधेको छ।

The current image has no alternative text. The file name is: raswopa-raswapa-party-office.jpg

रास्वपा परित्याग गर्ने नेताहरूविरुद्ध लामिछानेले दिएको टिप्पणीप्रति चासो व्यक्त गर्दै पार्टीले उनलाई लिखित स्पष्टीकरण मागेको हो। पूर्व प्रमुख सचेतक सन्तोष परियार पार्टी छोडेको प्रसंगमा लामिछानेले ‘जान मन लाग्नेहरूले रास्वपा छोडे हुन्छ’ भन्ने प्रतिक्रिया व्यक्त गरेका थिए।

लामिछानेको उक्त अभिव्यक्ति अमर्यादित रहेको ठहर गर्दै पार्टीको अनुशासन समितिले २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको शीर्ष नेताले बताए।

प्रतिक्रिया दिनुहोस्