
इजरायल तिम्रो र साम्राज्यवादको
नाजायज सम्वन्धले दानवी
हमास जन्मियो ।
हमास ! तिम्रो विनाशकारी
बारुदी गन्ध संसारभरि
किन फैलायौ ?
हमास ! तिम्रो घरायसी
आतंकको चिहानमा
विवश विपिनहरुलाई
जिउंदै किन जलायौ?
हमास ! तिमिले
ती निर्दोष आमाका
अबोध कोखहरुमा
निर्धयी गोलिका
वर्षाहरु किन
वर्षायौ ?
हमास! ती लाचार आमाहरुका
मुटु, कलेजोको
तिम्रो बधशालामा सपना
र सहाराहरुलाई कति
हलाल गरियो ?
हमास ! तिम्रो राक्षसी
भान्सामा भरोसा र भावनाको
कति चौटा लुछियो ?
हमास । तिमी कुन जति,
कुन बर्ग,कुन धर्म र के
स्वार्थमा लड्यौ?
तिम्रो युद्धको
कुन स्वार्थमा
नेपाली छोरो विपिन
बाधक भयो ?
तिम्रो स्वार्थी युद्धको
रणमैदानमा आमा–बाबाको सहारा,
दाजु–भाइको दौतरी
दिदी–बैनीको भरोसाको
कोपिला निमोठेर
तिम्रो साम्राज्यवादी
उजाडको खेतिमा
कुन फुल फुलायौ ?
हमास् ! तिमीले तिम्रो
बारुदको खानीमा
मेरो विपिनको याचना र
चित्कारको बलि चढाएर
के खजाना भेटायौ ?
हामास्! तिमीले
तानाशाही हिटलरका
बंसजहरुलाई के कोसेली
पठायौ ?
हमास ! मेरो विपिन आमा सिताले
जन्माएको छोरा हो ।
सगरमाथाको काखमा
हुर्केको र बुद्धको उपदेश
बोकेर सान्तीको मार्गमा
अधि बढेको निहत्था यात्री हो।
हमास ! आमाका आँखाहरु
टोलाउंदै छन् । हरेक पाखा,पखेरा,
हिमाल,तराई सबै
गुनगुनाउंदै पुकारी हरेछन् ।
फर्कि आऊ विपिन
भन्दै ! सिता माता भन्छीन
फर्कि आऊ विपिन भन्दै
सगरमाथा रुन्छन् पाप लाग्छ हमास्
तिमिलाई गौतम बुद्धको
श्राप लाग्छ हामस् तिमीलाई
नेपाल आमाको ।।











