Logo
Logo

गौरादहमा अटो दुर्घटनामा घाइते भएकी महिलाको मृत्यु


252
Shares

झापा । सवारी दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका–१, गैरीयाचोकनजिक अटो दुर्घटना हुँदा ३७ वर्षीया खुश्बु खातुनको मृत्यु भएको हो ।

यही कात्तिक २१ गते साँझ गैरीयाचोकबाट गौरादहतर्फ जाँदै गरेको मे १–ह ५७५४ नम्बरको अटो धान लोड गरिरहेको प्रदेश १–०२–००१ ख ९०९३ नम्बरको मिनिट्रकको पछाडि ठोक्किएको थियो ।

दुर्घटनामा अटो चालक गौरादह–१ का ४८ वर्षीय मोहम्मद डोमा घाइते भएका थिए । उनको बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

सोही अटोमा सवार उनकी ३७ वर्षीया श्रीमती खातुन गम्भीर घाइते भएकी थिइन् । उपचारका क्रममा आइतबार (कात्तिक ३०) राति विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्