Logo
Logo

एनपीएलमा २३०० बढी सुरक्षाकर्मी परिचालन हुने


504
Shares

काठमाडौं । आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा २३ सय बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

मंसिर २८ गतेसम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने एनपीएलको सुरक्षार्थ नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्राइभेट सुरक्षा गार्ड परिचालन हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार १९०० प्रहरी, २२५ सशस्त्र प्रहरी र २ सय प्राइभेट गार्ड खटाइने भएको हो । आज दिउँसो ४ बजे बाट सुरु हुने दोस्रो संस्करणको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गोखार्जबीच प्रतिस्पर्धा हुनेछ ।

दिन र रात दुवै समयमा खेल हुने हुँदा एनपीएलको सबै पक्षको सुरक्षाका लागि सुरक्षाकर्मी खटिनेछन् । नेपालमा पहिलोपटक फ्लडलाइटमा खेल हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्