Logo
Logo

मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिनन् ?


5.4k
Shares

काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्रिब्युनल (आईसीटी)ले पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ । 

The current image has no alternative text. The file name is: Hasina.gif

उनीमाथि गत वर्षको छात्र आन्दोलन दमनका क्रममा प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिने, हिंसा भड्काउने र व्यापक अत्याचार रोक्न असफल भएको आरोप लगाइएको थियो । पूर्वगृहमन्त्री असदुज्जमान खानलाई पनि मृत्युदण्ड सुनाइएको छ भने एक तत्कालीन प्रहरी प्रमुख सरकारको साक्षी बनेकै कारण पाँच वर्षमात्र जेल सजाय पाएका छन् ।

भारतको नयाँ दिल्लीमा निर्वासनमा रहेकी ७८ वर्षीया हसिनाले यो फैसलालाई पूर्ण रूपले पक्षपाती, राजनीतिक प्रतिशोधपूर्ण र अवैध भनेकी छन् । इन्डिया टुडेसँगको कुराकानीमा उनले भनिन्, ‘यो आईसीटीमा अन्तर्राष्ट्रिय केही छैन, न त निष्पक्षता नै । अवामी लिगका नेतालाई मात्र मुद्दा लगाइएको छ, विपक्षीको हिंसा भने लुकाइएको छ । विश्वका कुनै पनि सम्मानित कानुनविद्ले यो अदालतलाई मान्यता दिँदैनन् ।’

हसिनाले मुहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारलाई अतिवादीको समर्थनमा असंवैधानिक रूपले सत्ता कब्जा गरेको आरोप लगाइन् । उनले आन्दोलनका क्रममा आफ्नो सरकारले दमन नगरेको, बरु विपक्षीले शान्तिपूर्ण प्रदर्शनकारी र पत्रकारमाथि आक्रमण गरेको दाबी गरिन् । मृतक सङ्ख्या १४०० भनिए पनि आफ्नो पालाको स्वास्थ्य मन्त्रालयले ६१४ जनालाई मात्र शहीद मानेको उनको भनाइ छ ।

हसिनाले तटस्थ अन्तर्राष्ट्रिय अदालतमा मुद्दा लड्न तयार रहेको बताउँदै भनिन्, ‘म डराउँदिनँ, तर प्रमाणको निष्पक्ष परीक्षण हुनुपर्छ ।’ 

प्रतिक्रिया दिनुहोस्