Logo
Logo

जनकपुरले काठमान्डुलाई दियो १३१ रनको लक्ष्य


378
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमान्डु गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ ।

The current image has no alternative text. The file name is: npl-4.jpg

टस हारेर पहिला ब्याटिंग गरेको जनकपुर बोल्ट्सले २० ओभरमा ६ विकेट गुमाउँदै १३० रन बनाएको हो । जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए भने मयन यादवले अविजित ३४ रन बनाएका छन् । त्यस्तै काठमान्डु गोर्खाजका बलर मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादवले एक विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्