Logo
Logo

नेपालमा पहिलोपटक फ्लडलाइट क्रिकेट: एनपीएलको भव्य सुरुवात


315
Shares

काठमाडौं । नेपालमा पहिलो पटक रात्रिकालीन (फ्लडलाइट) क्रिकेटको मज्जा दर्शकले लिन पाएका छन् । सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा अधिकांश खेल फ्लडलाइटमा आयोजना गरिएपछि यो ऐतिहासिक अवसर जुरेको हो । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा आज (आइतबार) साँझ एनपीएल-२ को भव्य उद्घाटन भएको छ । उद्घाटन खेल नै फ्लडलाइटमा खेलाइएको छ । कुल ३२ खेलमध्ये २३ वटा खेल रात्रिकालीन रूपमा(फ्लडलाइटमा) हुने तालिका रहेको  छ । 

साविकको विजेता जनकपुर बोल्ट्स र घरेलु टोली काठमाडौं गोर्खाजबीच उद्घाटन खेल भइरहेको छ । खेलको उद्घाटन नेपालकी प्रधानमन्त्री सुशीला कार्कीले गरेकी थिइन् । उनले हेलिकप्टरबाट पुष्पवृष्टि गर्दै प्रतियोगिताको शुभारम्भ गरेकी हुन् । नेपाली क्रिकेट इतिहासमै पहिलोपटक फ्लडलाइटमा खेल आयोजना भएको हो । मैदानमा दर्शकको उल्लेख्य उपस्थिति रहेको छ ।

यस संस्करणका लागि करिब १० हजार दर्शक अटाउने प्यारापिट र ६ वटा शक्तिशाली फ्लडलाइट टावर जडान गरिएको छ । गत संस्करणमा साधारण मैदानमा खेल भएकोमा यसपटक मैदानको स्तर उल्लेखनीय रूपमा सुधार गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्