Logo
Logo

साविक विजेता जनकपुरलाई ५ विकेटले हराउँदै काठमान्डुको विजयी सुरुवात


756
Shares

काठमाडौं । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमान्डु ले दुई अङ्क जोडेको हो ।

The current image has no alternative text. The file name is: kathamandu.jpg

जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमान्डु ले १८ ओभरमा ५ विकेट गुमाएर सफलतापूर्वक पूरा गरेको हो ।  काठमान्डुको जितमा ओपनर बेन चार्ल्सवर्थले विष्फोटक सुरुवात दिलाएका थिए। उनले मात्र २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन बनाए।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो । जनकपुरका लागि आसिफ शेखले सर्वाधिक ५४ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।काठमान्डुका लागि मिलिन्द कुमारले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्