हुम्ला । आइतबार साढे १ बजे अवरुद्ध कर्णाली करिडोर पुनः सञ्चालनमा आएको छ । जैर बालुकनाको ज्ञाने ओढार क्षेत्रमा सुख्खा पहिरो खस्दा करिडोर अवरुद्ध भएको थियो।

बाजुराका प्रमुख सिनियर इन्जिनियर बिसुन दास लामाका अनुसार सडक हाल पूर्णरूपमा खुला गरिएको छ।
सडक अवरुद्ध भएको ठाउँ पन्छाएपछि नेपालगन्ज जाने र आउने यातायात पनि सुचारु भएको उनले जानकारी दिए।














