Logo
Logo

सत्तामा पुगे उत्पादन र निर्माणको क्षेत्रमा नेपाललाई विश्वमै अग्रणी बनाउँछु: हर्क साम्पाङ


378
Shares

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाली जनताले आफूलाई सत्ताको नेतृत्व गर्ने अवसर दिए देशमा औजारको क्रान्ति ल्याउने बताएका छन् । 

The current image has no alternative text. The file name is: harka-sampang.jpg

सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक दृष्टिकोण सार्वजनिक गर्दै हर्कले उत्पादन र निर्माणको क्षेत्रमा नेपाललाई विश्वमै अग्रणी बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

आफ्नो पार्टीको विस्तार अभियानमा रहेका साम्पाङले पछिल्लो समय सामाजिक सञ्जालमा आफ्ना राजनीतिक अठोटहरू निरन्तर प्रस्तुत गरिरहेका छन् । यसै क्रममा उनले माटोको कसम खाँदै यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘मलाई नेपाली जनताले अनुमोदन गरेर श्रम संस्कृतिलाई सत्ता सुम्पिदिए कसम यो माटोको, विश्व चकित हुने गरी औजारको क्रान्ति ल्याइदिन्छु म ! उत्पादन र निर्माणमा नेपाललाई कुनै मुलुकले भेट्ने छैन !’

धरानमा श्रमदानमार्फत चर्चामा आएका साम्पाङले आफ्नो यही श्रम संस्कृतिको मोडललाई राष्ट्रिय स्तरमा लैजाने अठोट लिएका छन् । उनले आफ्नो पार्टीले बहुमत पाए गरिब र दुःखी जनताका दिन फर्काउने वाचासमेत गरेका छन्। ‘श्रम संस्कृतिले बहुमत पाएको दिन यो देशमा गरिब दुःखी दिन फर्कने छ ! माटोको कसम भयो ! झुट बोल्ने मान्छे होइन म!’ उनले अर्को पोस्टमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्