
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ ।
राजावादी गतिविधिमा संलग्न प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै देशव्यापी आन्दोलनको तयारीमा रहेका प्रसाई सोमबार राति निवासबाटै पक्राउ परेका थिए ।
उनले मंसिर ७ गतेबाट आन्दोलनको तयारी गरेका थिए । यसका लागि प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानको ब्यानरमा राजनीतिक गतिविधि गर्दै आएका छन् ।
उनले पछिल्लो समय हिंसा भड्काउने खालको अभिव्यक्ति दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिने प्रहरीको तयारी छ ।














