काठमाडौं । दृष्टिविहीन महिला विश्वकप टी-२० क्रिकेटमा नेपालले पाकिस्तानमाथि फराकिलो जित निकालेको छ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा जारी प्रतियोगितामा नेपालले मङ्गलवार पाकिस्तानलाई १० विकेटले पराजित गरेको हो ।कोलम्बोमा पाकिस्तानले दिएको १७१ रनको लक्ष्य नेपालले बिना क्षति १३ ओभरमा पूरा गरेको हो ।

नेपालको जितमा विनिता पुनले ५४ बलमा १०७ रन र मनकेसी चौधरीले ३१ बलमा ४३ रनको योगदान गरे । यसअघि नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५८ रन बनाएको थियो। पाकिस्तानका लागि मेहरिन अलीले नटआउट ७७ रन बनाइन्। पाकिस्तानका ६ ब्याटर रन आउट भएका थिए ।
नेपालले यसअघि अमेरिकालाई १० विकेटले, अष्ट्रेलियालाई ८ विकेटले र श्रीलङ्कालाई ९ विकेटले हराएको थियो । भारतसँग भने नेपाल ८५ रनले पराजित भएको थियो ।











