Logo
Logo

कार्णाली याक्स चितवन राइनोजसँग ४ विकेटले पराजित


252
Shares

काठमाडौं । कर्णाली याक्ससँगको खेलमा चितवन राइनोज विजयी भएको छ ।  सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल)को मंगलबार भएको खेलमा चितवन चार विकेटले विजयी भएको हो । कर्णालीले दिएको १६७ रनको लक्ष्य चितवनले पाँच विकेटको क्षतिमा १९.१ ओभरमा पूरा गरेको हो । 

The current image has no alternative text. The file name is: citwan.jpg

चितवनका लागि रवि बोपाराले ५२, दीपक बोहराले ४२, सैब जैबले ३८, कुशल मल्लले २० रन बनाएका थिए ।

कर्णालीका लागि सोमपाल कामीले दुई, उनिस सिंह र युवराज खत्रीले एक-एक विकेट लिए । यसअघि ब्याटिङ गरेको कर्णालीले तीन विकेटको क्षतिमा १६६ रन बनाएको थियो । कर्णालीका लागि प्रियांक पञ्चालले ९०, पवन सर्राफले २७, म्याक्स उडले २० र मार्क वाटले १६ रन बनाएको थियो ।

चितवनका लागि सोहैल तनविर, सैफ जैब र रवि बोपाराले एक-एक विकेट लिएका थिए । 
 

प्रतिक्रिया दिनुहोस्