Logo
Logo

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, ४ अर्ब १० करोडको कारोबार


315
Shares

काठमाडौं । नेप्सेमा दोहोरो अङ्कको वृद्धि भएको छ । मङ्गलवार नेप्से १५.७० अङ्कले बढेर २५६६.०७ विन्दुमा पुगेर रोकिएको छ ।

The current image has no alternative text. The file name is: nepse-share-market.jpg

आज ३४५ कम्पनिका ९२ लाख ५५ हजार ४५७ कित्ता सेयर ४ अर्ब १०  करोड ५४ लाख ६ हजार १३४ मा कारोबार भएको थियो ।

आज सबै क्षेत्रको सेयरमुल्य बढेको छ । आज सागर डिस्टिलरी र माबिलुंग इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने बुङ्गल हाइड्रो र झापा इनर्जीको सेयर ९.९९ प्रतिशतले बढेको छ भने बन्दीपुर केबलकारको सेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज एभरेष्ट बैक डिभेन्चरको सेयर ३.५४ प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबै भन्दा साहास उर्जाको २२ करोड ९१ लाखको कारोबार भएको छ भने बरुण हाइड्रोको १५ करोड ६८ लाख बराबर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्