काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मङ्गलवारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेपछि विराटनगर सुपर किंग्सलाई ब्याटिङका लागि निम्तो दिएका हुन् ।
आजको खेलमा दुवै टोली प्रतियोगितामा विजयी सुरुवात गर्ने लक्ष्यमा छन् । विराटनगरको ब्याटिङ लाइनअप बलियो मानिन्छ भने पोखरा आफ्नो सन्तुलित बलिङ आक्रमणको भरमा विराटनगरलाई सानो स्कोरमा रोक्न चाहन्छ । खेल केहीबेरमा सुरु हुँदै छ ।











