
ताप्लेजुङ । मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन् ।
गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् । चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत अन्य सामग्री जलेर नष्ट भएका छन् ।
पीडितका एकसरो लत्ताकपडाबाहेक सबै खरानी भएका उपाध्यक्ष लामाले बताए । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।











