Logo
Logo

वीरगंजमा रोकिराखेको दुई वटा बसमा आगलागी


693
Shares

काठमाडौं । पर्साको वीरगंज नयाँ बसपार्कमा पार्किङ गरिराखेको दुईवटा बसमा आगलागी भएको छ । मंगलबार राति पौने १ बजेतिर भएको आगालगीबाट जम जम लेखिएको दुईवटै बस पूर्णरूपमा जलेको छ ।

इलाका प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगरले चार पाँच महिनादेखि रोकिराखेको ना५ख ६२१६ र ना५ख ६२१७ नम्बरको बसमा आगलागी भएको जानकारी दिए ।

शुरुमा एउटा बसमा आगो लागेर अर्को बसमा सल्किएको जस्तो देखिएको र के कारणले आगलागी भयो भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्