Logo
Logo

सिमरा काण्ड एमालेको सुनियोजित षड्यन्त्र भएको दाबी


8.9k
Shares

काठमाडौं । जेनजी मधेश प्रदेश संयोजक शिव यादवले बाराको सिमरा चोकमा मङ्गलबार भएको झडप एमालेको पूर्वनियोजित षड्यन्त्र भएको दाबी गरेका छन्।

The current image has no alternative text. The file name is: genz-1.jpg

जेनजी बारा संयोजक सम्राट उपाध्यायसहितका युवामाथि कुटपिट हुँदा दर्जनौँ कार्यकर्ता घाइते भएको उल्लेख गर्दै यादवले फेसबुकमार्फत प्रतिक्रिया दिएका छन्।

उनका अनुसार सिमरा चोकमा जेनजीको पूर्वनिर्धारित कार्यक्रम चलिरहेकै बेला परवानीपुरमा एमालेले आयोजना गरेको कार्यक्रमबाट परिचालित समूहआएर माहोल बिथोलेको हो । यादवले जेनजी पक्षले एमालेको कार्यक्रममा कुनै अवरोध नगरेको स्पष्ट गर्दै, यो घटना ८८जेनजी आन्दोलनलाई बदनाम गर्न गरिएको नियोजित दुष्प्रयास भएको आरोप लगाए।

घटनाको मुख्य योजनाकार पूर्वमन्त्री महेश बस्नेत रहेको दाबी गर्दै उनले मधेशमा तनाव फैलाउने गतिविधि रोक्न सरकारलाई आग्रह गरे।

“एमालेले मधेशमा लगातार उक्साहटपूर्ण गतिविधि गर्दै प्रदेशको शान्ति–सुरक्षामा खलल पुर्‍याइरहेको छ,” यादवले लेखेका छन्, “यसबारे राज्य संयन्त्रले संवेदनशील भएर दोषीलाई कठोर कारबाही गर्नुपर्छ।”

प्रतिक्रिया दिनुहोस्