Logo
Logo

मधेश प्रदेशसभा बैठक १० मिनेट स्थगित, एमालेबाट एक सांसद मात्र उपस्थित


1.1k
Shares

जनकपुरधाम । मधेश प्रदेशसभा बैठक सुरु भएको केहीबेरमै स्थगित भएको छ।

The current image has no alternative text. The file name is: madhesh-sabha.jpg

नेकपा एमालेकी सांसद सारदा देवी थापाले सरकारको उपस्थितिबिना बैठक सञ्चालन गर्न नहुने प्रश्न उठाएपछि सभामुख बबिता राउतले सरकारलाई उपस्थित हुन निर्देशन दिँदै बैठक १० मिनेटका लागि स्थगित गरेकी हुन्।

आजको बैठकमा सभामुख रामचन्द्र मण्डलमाथि दर्ता भएको महाभियोगमाथि छलफल हुने कार्यसूची रहेको थियो।
यस बैठकमा जनस्वराजका सांसद पूर्वमुख्यमन्त्री सतिश सिंह, त्रिभुवन साह, र माओवादीबाट विद्रोह गरेकी सांसद माला कर्ण समेत सहभागी छन्।

सभामुखमाथि महाभियोग दर्ता भएयता प्रदेशसभामा सचिवसहित उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति न्यून भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्