Logo
Logo

रास्वपा केन्द्रीय समिति बैठक सुरु, १० बुँदे कार्यसूचीमा छलफल


315
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समितिको बैठक सुरु गरेको छ। बनस्थलीस्थित केन्द्रीय कार्यालयमा केहीबेरदेखि बैठक भइरहेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

The current image has no alternative text. The file name is: raswapa.jpg

बैठकमा १० वटा कार्यसूची तय गरिएको छ। बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी स्थिति , समसामयिक राजनीति, संवाद र सहकार्यका पहलबारे छलफल हुनेछ ।

साथै, केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा , प्रतिवेदन परिमार्जन गरी पारित गर्ने र वाचापत्र कार्यदल विस्तार गर्ने कार्यसूचीमा समावेश छ। संविधान परिमार्जन कार्यदलको संयोजक मनोनयन र तत्काल काम सुरु गर्ने निर्देशन पनि बैठकले दिने बताइएको छ ।

बैठकले आगामी निर्वाचनसम्म दैनिक मिडिया अध्ययन र विश्लेषण गरेर केन्द्रीय तहमा नियमित ब्रिफिङ गर्ने गरी मिडिया अध्ययन कार्यदल गठन गर्ने योजना बनाएको छ ।

यसका अतिरिक्त राजनीति अध्ययन कार्यदल पनि गठन हुनेछ, जसले राजनीतिक दल, समूह र शक्तिहरूको गतिविधि नियमित रूपमा अध्ययन र विश्लेषण गरी आवश्यकताअनुसार केन्द्रीय समितिको बैठकमा ब्रिफिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्