काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाज विरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले खराब सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले पावर प्लेमै चार विकेट गुमाएको हो। सुदूरपश्चिमका दुवै प्रारम्भिक ब्याटर जोस ब्राउन र विनोद भण्डारी शून्यमा आउट भए ।
त्यसलगत्तै क्रिस लिन दुई रन बनाएर आउट भए भने चौथो विकेटको रुपमा ईशान पाण्डे ११ रनमा आउट भए।
काठमाडौँका कप्तान करण केसीले पहिलो ओभरमा नै दुई विकेट लिएपछि सुदूरपश्चिम दबाबमा आएको थियो। उनले दुई ओभरमा दुई रन खर्चेर तीन विकेट लिए। त्यस्तै, काठमाडौँका लागि मिलिन्द कुमारले एक विकेट लिए।











