Logo
Logo

एनपीएलमा सट्टेबाजीको आरोपमा एक भारतीयसहित २ पक्राउ


378
Shares

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा सट्टेबाजी गराएको आरोपमा एक भारतीयसहित दुई जना पक्राउ परेका छन् ।

The current image has no alternative text. The file name is: npl-6.jpg

पक्राउ पर्नेमा हरियाणा, रानिमहाल पानीपतका २८ वर्षीय दिलप्रित सिंह र भारत, चण्डिगढ बस्ने २४ वर्षीय रेविका सिंह ठकुरी रहेका छन्।

उनीहरूले खेलाडीलाई “स्पोन्सर गर्छौँ” भन्दै ह्वाट्सएप र इन्स्टाग्राममार्फत सम्पर्क गरी सट्टेबाजी गराएको आरोप छ।

पक्राउ परेका दुवैलाई लाजिम्पाटबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्