Logo
Logo

डब्लुएचओद्वारा निर्माण ‘प्रिफ्याब’ भवन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण


315
Shares

काठमाडौँ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले सिंहदरबार परिसरमा निर्माण गरेको प्रिफ्याब’ भवन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।

The current image has no alternative text. The file name is: health-minister.jpg

करिब रु १० करोड खर्चमा बनाइएका छ वटा भवनमा मन्त्रालय अस्थायी रूपमा सरेको हो। अब सिंहदरबारभित्रै स्वास्थ्य मन्त्रालयको सेवा सञ्चालन गर्न सकिनेछ, जसले अन्य मन्त्रालयहरूसँग सहकार्य र समन्वयमा पनि सहजता ल्याउनेछ ।

हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्री डा. सुधा गौतम , डब्लुएचओका दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा। कथेरिन बोहेम , मन्त्रालयका सचिव डा. विकास देवकोटा लगायत सहभागी थिए ।

मन्त्री गौतमले प्राकृतिक विपद् र आगजनीबाट क्षति हुँदा मन्त्रालयले नियमित सेवा दिन कठिनाइ भोग्दा डब्लुएचओको सहयोग प्रशंसनीय भएको बताइनन् । डा. बोहेमले भवनलाई सहयोग, साझेदारी र आपत्कालीन तयारीको प्रतीक भने ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भवन सरेसँगै सेवा प्रवाह सहज हुने र स्थायी संरचना प्राप्त भएपछि ‘प्रिफ्याब’ अन्य कार्यका लागि प्रयोग गर्न सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्