Logo
Logo

रोमाञ्चक जितसँगै सुदूरपश्चिमको प्रभावशाली सुरुआत


504
Shares

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले बुधबार काठमान्डु गोर्खाजमाथि रोमाञ्चक २९ रनको जित निकालेको छ । यससँगै कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले प्रभावशाली विजयी सुरुआत लिएको छ ।

जितका लागि १ सय ४८ रन पछ्याएको काठमान्डुले १६.५ ओभरमा सबै विकेट गुमाएर १ सय १८ रन मात्र जोड्न सक्यो । यो जितपछि सुदूरपश्चिमको एक खेलबाट दुई अंक भएको छ । काठमाडौंको पनि दुई खेलबाट दुई अंक नै रहेको छ । उसले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई हराएको थियो ।

काठमान्डुका लागि ओपनर आकाश त्रिपाठीले ३० बलमा ३४ रन बनाए । उनले हरमित सिंहको बलमा समातिनु अगाडि एक चौका र दुई छक्का प्रहार गरे । यस्तै जोन सिमसनले १८ बलमा २४ रनको योगदान गरे र त्यसमा दुई चौका र एक छक्का सामेल थियो ।

भीम सार्कीले १२ र मिलिन्द कुमारले ११ रने जोडे । उनीहरूलाई छाडेर अरु ब्याटरले गतिलो योगदान दिन सकेनन् र काठमान्डुले नियमित अन्तरमा विकेट गुमाइरह्यो । सुदूरपश्चिका बलरमध्ये हेमन्त धामी, स्कट कुग्लेन र हरमितले दुई दुई विकेट लिए ।

त्यस अगाडि पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । खराव सुरुआत लिएको सुदूरपश्चिमले सम्हालिँदै चुनौतीपूर्ण लक्ष्य तयार पार्न सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्