Logo
Logo

प्रधानमन्त्रीले बोलाइन् सुरक्षा परिषद् बैठक


693
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाएकी छिन् । बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बैठक बोलाइएको हो । 

The current image has no alternative text. The file name is: Untitled-design.jpg

बाराको सिमरामा उत्पन्न भएको परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ । यसअघि हिजो साँझ पनि गृह मन्त्रालयमा सुरक्षा परिषद्को बैठक बसेको थियो ।

सिमरामा बुधवार जेनजी युवाहरूले विमानस्थलमा तोडफोड गरेका थिए । एमाले नेताहरू जाने भएपछि विरोधमा उत्रिएका युवाहरूले सडकमा आगजनी समेत गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

बुधवार साँझ ८ बजेसम्म कर्फ्यू लगाइएको थियो । आज पुनस् अवस्था तनावग्रस्त बनेपछि त्यहाँ कर्फ्यू लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्