काठमाडौं । एनपीएलमा आज लुम्बिनी लायन्स र चितवन राइनोज खेल्दै छन् । लुम्बिनी लायन्सले टस जितेर चितवन राइनोजविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् ।
चितवनले आज यस सिजनको दोस्रो खेल खेल्दै छ । चितवनले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको थियो । लुम्बिनीले भने आज पहिलो खेल खेल्दै छ ।











