Logo
Logo

बोपाराको अर्धशतकमा चितवनद्धारा लुम्बिनीलाई १४३ रनको लक्ष्य


252
Shares

काठमाडौं । रबि बोपाराको अर्धशतकमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ । बोपाराको यो  लगातार दोस्रो अर्धशतक हो । 

The current image has no alternative text. The file name is: bopara.jpg

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको हो ।

बोपाराले ५५ बल खेल्दै ४ चौका र ३ छक्का मदतमा सर्वाधिक ६६ रन बनाए । अनुभवी खेलाडी बोपाराले यसअघि कर्णाली याक्सविरुद्ध ५२ रन बनाएका थिए । यस्तै कप्तान कुशल मल्लले २१ रन जोडे ।

सैफ जैबले १५, देव खनालले १५ र दीपक बोहरा १० रन बनाएर आउट भए । बलिङमा लुम्बिनीका नामिबियन खेलाडी रुबेन ट्रम्पलम्यानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । यस्तै युवा स्पीनर अभिशेष गौतमले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । गुल्बदिन नइबले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्