Logo
Logo

नेपाली टिमले बंगलादेशमा रग्बी सिरिज खेल्ने


252
Shares

काठमाडौँ । नेपाली टिमले बंगलादेशमा रग्बी सिरिज खेल्ने भएको छ । बंगलादेश इन्टरनेसनल रग्बी सिरिजमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बंगलादेशको ढाका प्रस्थान गरेको हो ।

नेपालले मंसिर ७ गते २ वटा रग्बी सेभेन्स र मंसिर ८ गते १ वटा रग्बी फिफ्टिन्स खेल्ने  छ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गरेका थिए । सो अवसरमा राखेपका सदस्यत्रय प्रकाशकुमार कुसारी, अञ्जना श्रेष्ठ, हिमालकुमार श्रेष्ठ, नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्