Logo
Logo

पोखरा एभेन्जर्सले जित्यो टस, सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो


252
Shares

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको छैटौँ खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध पोखरा एभेन्जर्सले टस जितेर सुरुमा फिल्डिङ गर्ने निर्णय गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएका हुन् । दुवै टोलीको यो दोस्रो खेल हो। सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो । 

पोखरा एभेन्जर्सले भने पहिलो खेलमा विराटनगर किंग्ससँग ५३ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्