Logo
Logo

प्रदेश ५ को नाम लुम्बिनी, राजधानी दाङ बनाउने निर्णय


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १६ असोज ।
प्रदेश ५ को राजधानी दाङ हुने भएको छ । प्रदेश सरकारले शुक्रबार यससम्बन्धि निर्णय गरेको हो ।

त्यस्तै प्रदेशको नाम लुम्बिनी राख्ने सहमति भएको छ । नेकपाको शीर्ष नेताहरुबीच भएको छलफलअनुसार प्रदेश र राजधानी टुंगो लगाउन लागिएको हो ।


निर्णयअनुसार यससम्बन्धि प्रस्ताव पदेश सभामा लैजान लागिएको छ । दाङको भालुवाङ क्षेत्रलाई राजधानी बनाउँदा सबै जिल्लालाई पायक हुने निष्कर्ष निकालिएको एक मन्त्रीले बताए ।
हाल प्रदेश नम्बर ५ को अस्थायी राजधानी बुटवल छ ।

प्रतिक्रिया दिनुहोस्