ऐजेन्सी । दुबई एयर शोमा भारतीय वायु सेनाको तेजस फाइटर जेट परीक्षण उडानका क्रममा दुर्घटनाग्रस्त भएको छ । भारतीय वायु सेनाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै दुर्घटनामा पाइलटको मृत्यु भएको पुष्टि गरेको छ ।

यूएईको अल मकतूम विमानस्थलमा जारी दुबई एयर शो अन्तर्गत शुक्रवार स्थानीय समय अनुसार बिहान २स्१० बजे तेजस विमान दुर्घटनाग्रस्त भएको समाचार एपीले जनाएको छ ।
हजारौं दर्शक दुबई एयर शो अवलोकन गर्दै रहेका बेला भारतको हल्का लडाकू विमान एलसीए तेजस अचानक दुर्घटनाग्रस्त भएको थियो। यस घटनाले तेजस विमानको सुरक्षा र प्रविधि सम्बन्धी गम्भीर प्रश्न उठाएको छ ।











