काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजीको मागअनुसार प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई बिदा गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् ।

आज काठमाडौंको भृकुटीमण्डपमा बागमती प्रदेश कमिटीले आयोजना गरेको सभामा उनले केही जेनजीले प्रधानमन्त्री हटाउन राष्ट्रपतिलाई आग्रह गरेको उल्लेख गर्दै कार्की नेतृत्वको अन्तरिम सरकारलाई बिदा गर्न आग्रह गरेका हुन् ।
उनले भने, ‘जेनजीहरूले आफैँ भनेका छन् । राष्ट्रपतिजी कहाँ डेलिगेसन गएर भनेका छन् । हाम्रो सरकार होइन । यसलाई हटाउनुपर्छ भनेर जेनजीहरूले माग गरेका छन् । राष्ट्रपतिज्यू, अस्तिअस्ति जेन९जीको माग भनेर यो सरकार जडान गर्नुभयो त, जेनजीका मागअनुसार यो सरकार किन बिदा गर्नु हुन्न रु’
ओलीले ‘किन हटाउनु हुन्न रु हटाउनुस्, संविधानले दिँदैन । अस्ति कहाँ दिएको थियो रु भन्दै प्रश्न गरेका छन् । संसद् पुनर्स्थापना नै अहिलेको सही बाटो भएको ओलीको भनाइ छ ।














