Logo
Logo

देशमा अराजकताको राज लामो समय टिक्दैन: ओली


441
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको राज धेरै लामो समय नटिक्ने बताएका छन् ।  शनिवार एमालेको जनप्रदर्शन र सभालाई सम्बोधन गर् ओलीले देशको अहिलेको अवस्थालाई एमालेले छिटै अन्त्य गर्ने दाबी गरेका हुन् । 

The current image has no alternative text. The file name is: oli-8.jpg

ओलीले वर्तमान सरकार संविधान र लोकतान्त्रिक विधि मिचेर र असंवैधानिक तवरले गठन भएको उल्लेख गर्दै सरकारले नै देशमा अराजकता, हिंसा र लुटपाटलाई प्रश्रय दिएको आरोप लगाए । जेनजीका नाममा केही व्यक्ति बोलाएर, तालिम दिएर सुशासनका नाममा घृणा फैलाउने काम भइरहेको उनले बताए । 

सम्बोधनका क्रममा ओलीले बारामा नियोजित रूपमा एमालेको कार्यक्रम असफल बनाउने काम भएको भन्दै एमालेलाई निषेध गर्ने क्रम जारी रहे सह्य नहुने चेतावनी दिए ।

उनले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन सरकारको नाटक मात्रै भएकाले निर्वाचन हुन्छ भनेर भ्रम पाल्न नहुने बताउँदै दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडियोको यथार्थका बारेमा प्रधानमन्त्रीले जनतालाई जानकारी गराउनुपर्ने र प्रसाईँलाई गिरफ्तार गरेर यथार्थबाट भाग्न नमिल्ने बताए । एमालेले प्रतिनिधि सभाको पुनर्स्थापनाको माग गर्दै स्थानीय, जिल्ला र आज काठमाडौँमा प्रदर्शन र सभा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्