काठमाडौं । काठमाण्ड गोर्खाजको ब्याटिङ नचल्दा विराटनगर किंग्सले १३५ रनको सामान्य लक्ष्य पाएको छ । सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिले ब्याटिङ गरेको काठमाण्डले ६ विकेटको क्षतिमा १३४ रन बनायो। काठमाडौँका लागि मोहम्मद आदिल आलमले ४८ रन बनाए । उनले चार चौका र दुई छक्का प्रहार गरे।

त्यस्तै, बेन चार्ल्सवर्थले ३२, सन्तोष यादवले २६ र गेहार्ड इरसमसले १० रन बनाए। अन्य खेलाडीले दोहोरो अङ्क पनि जोड्न सकेनन्। विराटनगरका लागि मर्चेन्ट डि लाङगेले दुई, शुभम रञ्जाने, सूर्य तामाङ र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।











