Logo
Logo

झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


315
Shares

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीस्थित भित्री सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय रहेका छन् ।

शनिबार साँझ भद्रपुरबाट इँटाभट्टातर्फ गइरहेको प्र१–०१–०१३प ३३३६ नम्बरको मोटरसाइकलले सडकमा रोकेर राखेको ट्र्याक्टरलाई ठक्कर दिँदा मोटरसाइकल चालक ३८ वर्षीय विनोद राउतको मृत्यु भएको हो ।

टाउको र शरीरको विभिन्न भागमा चोट लागी गम्भीर घाइते भएका राउतलाई उपचारका लागि विर्तामोडस्थित बी एण्ड सी अस्पताल लागिएको थियो । तर, उपचारकै क्रममा राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै पछाडि बसेका २१ वर्षीय निश्चल भुजेल घाइतेको उपचार भइरहेको छ । ट्याक्टर र ट्याक्टर चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्