
काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित समितिको कार्यालयमा आज मध्याह्न १२ः १५ बजे बस्ने भएको हो ।
बैठकमा ‘चलचित्र विधेयक, २०८१’ का सम्बन्धमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ । विधेयकमाथि सरोकारवालाहरूको राय र सुझाव लिनका लागि छलफल बोलाइएको संसद् सचिवालयले जनाएको छ ।














