Logo
Logo

प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपतिको नाम गलत लेखेपछि


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ असोज ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वास्थ्यलाभको कामना गरेका छन् । ट्रम्प र उनको श्रीमतीमा कोरोना संक्रमण देखिएपछि ओलीले स्वास्थ्य लाभको कामना गरेका छन् ।


ट्वीटरमार्फत ओलीले ट्रम्पलाई स्वास्थ्यलाभको कामना गरेका हुन् । तर, नाम भने गल्ती लेखिएको छ । प्रधानमन्त्रीको आधिकारीक ट्वीटर ह्यान्डलबाट दिइएको स्वास्थ्यलाभमा ट्रम्पलाई ट्रप्म लेखिएको छ ।
सो ट्वीटर ह्यान्डल प्रधानमन्त्रीको सचिवालयले चलाउने गरेको छ । नाम समेत गलत लेखेपछि ट्वीटरमा प्रधानमन्त्रीप्रति ब्यंग्य गरिएको छ। यो घटनाले प्रधानमन्त्रीको सचिवालयमा कस्ता व्यक्ति रहेछन् भन्ने थप प्रष्ट भएको छ ।
यसअघि प्रधानमन्त्री ओलीको ट्वीटर ह्यान्डलबाट भारतीय कांग्रेसको ट्वीट रिट्वीट भएको थियो । जून विषयले ठूलै चर्चा पायो । प्रधानमन्त्रीको ट्वीटर ह्याक भएको हल्ला चलाएर सचिवालयले आफ्नो गल्ती लुकाएको थियो । सचिवालयबाट यस्ता गल्ती बारम्बार हुने गरेको छ । सचिवालयमा रहेका व्यक्तिहरु क्षमतावान नहुँदा पनि ओली विवादमा पर्ने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्