Logo
Logo

दृष्टिविहीन महिला टी २० विश्वकप: नेपाल फाइनलमा पराजित, भारतलाई उपाधि 


504
Shares

काठमाडौं । श्रीलङ्काको कोलम्बोमा भएको ‘पहिलो दृष्टिविहीन महिला टी-२० विश्वकप क्रिकेट २०२५’ को फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । भारतले नेपाललाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

The current image has no alternative text. The file name is: cricket-8.jpg

श्रीलङ्काको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा ११४ रन बनाएको थियो ।

जवाफमा भारतीय टोलीले नेपालले दिएको लक्ष्य १२.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टाएको हो । नेपालका लागि नटआउट रहेकी सरिता घिमिरेले सर्वाधिक ३५ रन बनाउँदा बिमला राईले २६ रनको योगदान दिएकी थिइन् । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

विजेता भारतका लागि करुणा के ले २७ बलमा ४२ रन बनाइन् । उपाधि जिताउने क्रममा फूला सरीनले पनि २७ बलमा ४४ रन बनाइन् । 

दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले हराउँदै नेपाल फाइनल पुगेको थियो । पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले हराउँदै भारत फाइनल पुगेको थियो । नेत्रहीन विश्वकप क्रिकेट पहिलो पटक भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्