Logo
Logo

सशस्त्रमा प्रवक्ताको जिम्मेवारी मनिष थापालाई


1.2k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापालाई दिइएको छ ।  

The current image has no alternative text. The file name is: parhari.jpg

यसअघि सूचना अधिकारी तथा प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजी ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि थापाले जिम्मेवारी पाएका हुन् ।  

अब सशस्त्र प्रहरीसँग जोडिएका सूचनाबारे जानकारी लिन थापालाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल [email protected] मा सम्पर्क गर्न सकिने सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्