काठमाडौं । खगेन्द्र सुनारको ‘हाम्रो पार्टी नेपाल पार्टी’ले निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ ।

यही १८ कात्तिकमा सुनार नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन पुगेको थियो । जसलाई आयोगले आइतबार दर्ता गरेको हो ।
यो दलको दर्ता नम्बर २१६ रहेको छ । हाम्रो पार्टी नेपालको चुनाव चिह्न गोलो घेरा भित्र राम्रो जनाउने लाइक चिह्न रहेको छ । आयोगका अनुसार हालसम्म दर्ता भएका दलको सङ्ख्या १३२ पुगेको छ ।














