Logo
Logo

रुस-युक्रेनको अमेरिकी प्रस्ताव अन्तिम होइन: ट्रम्प


504
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्य गर्ने अमेरिकी प्रस्ताव ‘अन्तिम’ नभएको बताएका छन् । यो वक्तव्य यस्तो समयमा आएको हो जब युक्रेनका सहयोगीहरूले प्रस्तावको बारेमा चिन्ता व्यक्त गरेका छन् ।

The current image has no alternative text. The file name is: TRump-1.gif

शनिवार, युरोप, क्यानडा र जापानका नेताहरूले योजनामा ​​’न्यायपूर्ण र दिगो शान्ति’ को लागि महत्त्वपूर्ण तत्त्वहरू छन्, तर अझ धेरै काम आवश्यक भएको बताएका छ ।

उनीहरूले सीमा परिवर्तन गर्ने र युक्रेनको सेना घटाउने प्रस्तावमा चिन्ता व्यक्त गरेका छन् ।  आइतबार, बेलायत, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका र युक्रेनका सुरक्षा अधिकारीहरू स्विट्जरल्याण्डको जेनेभामा यसै विषयमा छलफल गर्न भेट्नेछन् ।

ट्रम्पको शान्ति योजना रुसप्रति पक्षपाती मानिएको छ । यस योजनाको बारेमा प्रतिक्रिया प्रतिक्रिया दिँदै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले  आफूले देश विरोधी काम नगर्ने स्पष्ट सन्देश दिएका छन्  ।

ट्रम्पले युक्रेनलाई २८९बुँदे योजना स्वीकार गर्न नोभेम्बर २७ सम्मको समय दिएका छन्, जबकि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो योजना सम्झौताको आधार बन्न सक्ने बताएका छन् ।

उता ट्रम्पले प्रस्तावको विरोध भएपछि यो उनको अन्तिम प्रस्ताव नभएको बताएका छन् । उनले भने-‘कुनै न कुनै तरिकाले, हामीले यो युद्ध अन्त्य गर्नुपर्छ, त्यसैले हामी यसमा काम गरिरहेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्