सुर्खेत । सुर्खेतको काँक्रेविहार जंगलमा मृत भेटिएका युवायुवतीको पहिचान खुलेको छ । मृतक युवती वीरेन्द्रनगर-१०, खजुराकी १६ वर्षीया दीपिका चौधरी र युवक जुम्लाको कनका सुन्दरी गाउँपालिका-७ का १८ वर्षीय नरेश खत्री रहेको प्रहरीले जनाएको छ ।

उनीहरू वीरेन्द्रनगर नगरपालिका-९, मा रहेको काँक्रेविहार जंगलमा सोमबार बिहान करिब ११:३० बजे मृत अवस्थामा भेटिएका हुन् ।
जंगलमा घाँस काट्न गएका स्थानीयले उनीहरूलाई झुन्डिएको अवस्थामा फेला पारेका थिए । स्थानीयको खबरपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी घटनास्थल पुगेको थियो ।
प्रहरीका अनुसार युवतीका काका राजु चौधरी र युवककी फुपू गीता खत्रीले घटनास्थलमै गएर सनाखत गरेका थिए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।














