काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंको चुच्चेपाटीस्थित भाटभटेनी सुपर मार्केटमा जलेका ७ जनाको पहिचान हुन सकेको छैन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी पवनकुमार भट्टराईले भदौ २४ गते तोडफोड र आगजनीका क्रममा जलेका ७ जनाको पहिचान हुनै नसकेको बताए । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए ।
‘चुच्चेपाटीको भाटभेटीनभित्र जलेको अवस्थामा ७ वटा शव भेटिएका थिए । ती शव पूरै जलेकाले प्रहरीले विधि विज्ञान प्रयोगशलामा पठाएको थियो । तर पूरै जलेर खरानी भएकाले डीएनए स्याम्पल निकाल्न पनि समस्या भएको छ । ती शव पूरै जलेको अवस्थामा छन् । शवको डीएनए संकलन नहुँदा आशङ्का गरिएका परिवार सदस्यसँग मिलाउन पनि नसकिएको प्रहरीले जनाएको छ । अहिलेलाई पहिचान प्रक्रिया नै रोकिएको छ ।














