Logo
Logo

जेन-जी आन्दोलनमा मृत्यु हुने ७ जनाको पहिचान खुल्न सकेन


126
Shares

काठमाडौँ । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा ज्यान गुमाएका ४९ मध्ये सात जनाको पहिचान अझै खुल्न सकेको छैन ।

The current image has no alternative text. The file name is: genz-baneshwor.jpg

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार ती शवहरू पूर्ण रूपमा दग्ध भइसकेका कारण चिन्न नसकिने अवस्था छ र पहिचानका लागि डीएनए परीक्षणका लागि पठाइएको छ।

सोही आन्दोलनसँग सम्बन्धित काठमाडौँ प्रहरी परिसरले १४४ वटा जाहेरी दर्ता गरेको छ। दर्ता भएका उजुरीमध्ये व्यक्तिगत २२, सरकारी कार्यालयसँग सम्बन्धित ६६ र संस्थागत तथा व्यापारिक प्रतिष्ठानसँग सम्बन्धित १६ वटा उजुरी रहेका छन्।

त्यसैगरी, कर्तव्य ज्यान, आपराधिक उपद्रव, चोरी, हातहतियार खरखजनासम्बन्धी, अभद्र व्यवहार र ज्यान मार्ने उद्योगसम्बन्धी गरी १५४ वटा मुद्दा दर्ता भएको छ। अहिलेसम्म २६७ जनालाई पक्राउ गरिएको छ, जसमा ८७ जनालाई हाजिरी जमानीमा छोडिएको छ भने ११३ जनालाई न्यायिक हिरासतमा राखिएको छ। न्यायिक प्रक्रियामा पेश भएका अभियुक्तमध्ये २३ जना धरौटीमा रिहा भएका छन् भने ४३ जना पुर्पक्षका लागि थुनामा राखिएका छन्।

प्रतिक्रिया दिनुहोस्