
एजेन्सी । इथियोपियामा १२ हजार वर्षपछि अचानक ज्वालामुखी विस्फोट भएको छ । अफार क्षेत्रको हेले गुब्बी ज्वालामुखी विस्फोट भएको हो ।
यस विस्फोटको धुवाँ लगभग १५ किलोमिटरको उचाइमा पुगेको थियो भने रेड सागर हुँदै यमन र ओमानसम्म फैलिएको थियो । यसको असर छिमेकी राष्ट्र भारत र पाकिस्तानसम्म पनि देखिएको छ ।
यद्यपी यस घटनामा मानवीय क्षति भने भएको छैन । वैज्ञानिकहरूले हजारौं वर्षमा पहिलो पटक भएको ज्वालामुखी विस्फोटलाई यस क्षेत्रको इतिहासको सबैभन्दा असाधारण घटनाहरू मध्ये एकको रूपमा वर्णन गरेका छन् ।










